बैशाख ३०, २०७९ शुक्रबार

सुर्खेतमा हावाहुरीले रूख ढलाउँदा रूखले किचेर वीरेन्द्रनगर नगरपालिका २ रानीघाटका लालबहादुर पुलामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउँसो चट्याङसहित आएको हावाहुरी र असिनापानीले सिमलको रूख ढलाएको थियो। सोही रूखले किचेर पुलामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै हावाहुरीले रेडियो सुर्खेत एफएमको टावरसमेत ढलाएको छ। टावर ढलेपछि रेडियोको प्रशारण रोकिएको छ।