पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले बिहीबार आयल निगमको कार्यालय घेराउ गरेका छन्।

अनेरास्ववियूले निगमको कार्यालय घेराउ गरेको हो। निगमले एक सातामा दुईपटक मुल्यवृद्धि गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।
पछिल्लो एक सातामा पेट्रोलको मुल्य प्रतिलिटर चार रुपैयाँले बढेको छ। सत्तारुढ दल नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसका विद्यार्थी संगठनहरुले आन्दोलन गरिरहेका छन्।