निर्वाचन आयोग नेपालको प्रारम्भिक अनुमानअनुसार अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको छ।
आयोगले शुक्रबार साँझ गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको बताए।
सबैभन्दा धेरै मतदाता रहेको काठमाडौँमा समेत ५२ प्रतिशत मात्रै मत खसेको छ ।
अहिलेसम्मको तथ्यांकअनुसार २८ वटा मतदान स्थलमा मतदान स्थगन भएको र एकैचरणमा निर्वाचन गर्नुपरेको कारण चाहेजति सुरक्षा नभएको हो कि भन्ने भान भएको उनले बताए।
अहिलेसम्म १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगन भएको अवस्था छ ।