काठमाडौँ, ३१ बैशाख । काठमाडौँ महानगरपालिकाको मतगणना आज (शनिबार) विहान ८ बजेदेखि सुरु हुने भएको छ ।
अहिले भर्खरे सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय बैठकले शनिबार विहान ८ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो ।
मतपेटिका संकलन गर्न समय लागेकाले आज मतगणना गर्न सुरु ढिलाइ भएको जनाइएको छ ।
काठमाडौँको मेयरमा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंह, नेकपा (एमाले) बाट केशब स्थापित र स्वतन्त्रबाट बालेन शाहबीच कडा प्रतिष्पर्धा हुने आकलन गरिएको छ ।