बैशाख ३१, २०७९ शनिबार

बुटवल उपमहानगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ। वडा नम्बर १ को २ सय मत गणना हुँदा गठबन्धनका साझा उम्मेदवार नेपाली कांङ्ग्रेसका खेलराज पाण्डेले ७३ मतसहित अग्रता लिएका हुन्।

दोस्रो स्थानमा राप्रपाका मृगेन्द्र शेरचन ४५ मतसहित उनलाई पछ्याइरहेका छन्। यहाँ नेकपा एमालेका बाबुराम भट्टराईले ३३ मत पाएका छन्। वडा नम्बर १ मा १९ सय ७४ मत खसेको थियो ।