बैशाख ३१, २०७९ शनिबार

काठमाडौँ – सिन्धुलीको दुधौली नगरपालिका–३ चारघरेमा मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार स्थानीय ६० बर्सिया आइतमाया सार्की रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी सार्कीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य चौकी सिर्थौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमै सवार घाइते भएकी दुर्गामाया भुजेलको सोही स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । तीन जना सवार रहेको नम्बर नखुलेको मोटरसाइकल शुक्रबार साँझ सवा ५ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो ।

मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ ।