जेठ १, २०७९ आइतबार

प्योङयाङ – उत्तर कोरियामा कोभिडबाट थप २१ जनाको मृत्यु भएको छ ।

उत्तर कोरियाले संक्रमण भएको घोषणा गरेको दुई दिनपछि २१ जनाको मृत्यु भएको घोषणा गरेको हो ।

कोभिड संक्रमण देखिएपछि देशव्यापी लकडाउन घोषणा गरिएको छ ।

शुक्रबार १ लाख ७४ हजार ४४० जनामा संक्रमण देखिएको जनाएको थियो ।