जेठ १, २०७९ आइतबार

आइतबार सुन प्रतितोला ९६ हजार पाँच सय रूपैयाँमा कारोबार  भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ। 

गत शुक्रबार स्थानीय चुनावका कारण सार्वजनिक बिदा थियो। बिहीबार भने सुन प्रतितोला ९७ हजार आठ सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ५० रूपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज सुन प्रतितोला १३ सय रूपैयाँ र चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो। 

अघिल्लो साता आइतबार सुन प्रतितोला ९८ हजार रूपैयाँ र चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भएको थियो। यसर्थ पनि सुन-चाँदीको मूल्यमा गिरावट देखिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति‍औंस १८ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।