जेठ १, २०७९ आइतबार

ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नं १० को मतगणना गर्दा गर्दै नमूना मतपत्र भेटिएको छ । मतगणनास्थलमा मतपत्र पट्याउने क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएको हो ।

४२ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको र एउटा नमूना मतपत्रसमेत भेटिएपछि मतगणना स्थगित भएको छ । राजनीतिक दलको प्रतिनिधि बसेर विवाद मिलाउन खोजेको बुझिएको छ ।