जेठ २, २०७९ सोमबार

म र म 

..... र फेरि म एक्लो भएँ

आए धेरै साथीहरू

कोही म सानो छँदै छुट्टिए

कोही अलिक बेरसम्म रहे

... र पनि फेरि म एक्लो भएँ !
 

मैले 'म'जस्तै 'म'सँग बाँच्न

'म'बाहेक अरू कोही चाहिनँ

फेरि पनि 
'ऊ' 
'त्यो' 
'ती' 
'उनी'
यी सर्वनामहरू 'म'सँगै जोडिए ! 

  
✍️ लोकराज जोशी