जेठ ३, २०७९ मंगलबार

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पू्र्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका लगायत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा  मेघ गर्जन र चट्याङ हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राति मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लगायत अन्य प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली  रही देशका बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू(भागका केही स्थानमा  मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको ।