एजेन्सी। मुम्बईको भान्डुपमा एउटा मलको तेस्रो तल्लामा बनेको कोरोनाअस्पतालमा बुधवार राति करीब १२ बजे आगलागि भएको छ ।उक्त घटनामा दश जनाको मृत्यु भएको छ ।
यद्यपि, अस्पतालमा भर्ना भएका ७० जना विरामीहरुलाई सुरक्षित निकालिएको छ ।उनीहरुलाई अर्को अस्पतालमा सारिएको छ ।फायर ब्रिगेडको २२ वटा गाडिले आगो निभाएको हो ।अस्पतालमा राहत र बचाव कार्य अहिले पनि जारी छ ।
आगो लाग्नुको कारण
मुम्बईको मेयर किशोरी पेडनेकर भन्छन् –‘आगो लाग्नुको कारण अहिलेसम्म पत्ता लागेको छैन । मैले पहिलो पटक मलमा अस्पताल देखेको हुँ । यस बारेमा एक्शन लिइने छ ।’
अस्पतालमा कोभिडका विरामी समेत गरेर ७० विरामीलाई अर्को अस्पतालमा सारिएको उनले बताएका छन् ।प्रहरीका अनुसार करिव १२ घण्टाको प्रयासपछि उक्त आगलागि नियन्त्रणमा लिइएको छ ।