जेठ ३, २०७९ मंगलबार

काठमाडौं- यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बुधबारदेखि खुलाउने तयारी गरेको छ। नयाँ आवेदन प्रणालीको लागि अहिले तयारी गरिरहेको विभागका महानिर्देशक नमराज घिमिरेले थाहाखबरलाई जानकारी दिए।

‘भोलिदेखि नै नयाँ आवेदन खुलाउने गरि साथीहरु लाग्नु भएको छ,तर,चुनावका कारण केही समस्या भने भएको छ,भोलि खुलेन भने आगामी आइतबारसम्ममा जसरी पनि खुल्छ,’उनले भने।

​उनका अनुसार सबै पुराना प्रतिक्षामा बसेका सेवाग्राहीको सवारी ट्रायल सकिएकोले नयाँ आवेदन खुलाउन लागिएको हो। यसअघि अनलाइन फारम नै बन्द गरिएको थियो। उनले अब नयाँ लाइसेन्स आवेदन खुलेपछि फारम भरेको १५ दिनमै ट्रायल दिने सकिने उनको भनाइ छ।