काठमाडौं । संसदीय सुनुवाइ समितिले चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम अनुमोदन गरेको छ ।
समितिले मंगलबार सुनुवाइसँगै श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको हो । दुवैविरुद्ध समितिमा उजुरी परेको थिएन ।