राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ रुपैयाँको १:१४७५२ अनुपातमा ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद सेयर निष्कासन गर्न वैशाख २८ गते सेबोनमा निवेदन दिएको हो । विद्युत नियमन आयोगले कम्पनीलाई यसअघि नै हकप्रद निष्कासन गर्न अनुमति प्रदान गरिसकेको छ ।
कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।