पोखरा महानगरपालिकाको मतगणनास्थलबाहिर हैरानी दिने २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेकामध्ये १ जनाको साथबाट प्रहरीले जनमत पार्टीको प्रतिनिधि परिचय पत्रको फोटोकपी बरामद गरेको छ । अर्का एकजनाको साथमा मिति सकिएको सुरक्षाकर्मीको परिचयपत्र भेटिएको छ । उनीहरूबारे वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान गरिरहेको छ ।