जेठ ८, २०७९ आइतबार

विश्वको प्रतिष्ठित फिल्म फेस्टिभल कान्स २०२२ को तेस्रो दिन उत्सवका साथ मनाइँदै थियो। सोही दिन पहिलोपटक स्क्रिनिङ हुन लागेको हलिउड फिल्म थ्री इयर्स अफ लङ्गिङ हेर्न मानिसहरू तयार हुँदै थिए। अचानक एकजना युवती आफूले लगाइरहेको कपडा फुकालेर चिच्याउन थालिन्। 

उनको शरीरको माथिल्लो भागमा युक्रेनको झण्डाको झल्को दिने गरी रंग लगाइएको थियो। जहाँ अंग्रेजीमा हामीलाई बलात्कार गर्न बन्द गर भनेर लेखिएको थियो भने कम्मरमुनि रातो रंगले पोतिएको थियो। एकै छिनमा उनलाई त्यहाँका सेक्युरिटीले कार्यक्रम स्थलभन्दा पर लगे। फेरि पहिलेको जस्तो चहलपहल हुन थाल्यो।