आरबी लाइपजिगले जर्मन कप फुटबलको उपाधि जितेको छ ।
शनिवार राति भएको फाइनलमा फ्रेईवर्गलाई पेनाल्टीमा ४-२ ले हराउँदै लाइपजिगले उपाधि जितेको हो ।
लाइपजिगले पहिलो पटक जर्मन कपको उपाधि जितेको हो । क्लब इतिहासमा लाइपजिगको यो पहिलो मुख्य उपाधि समेत हो ।
खेलको निर्धारित र थप अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
यस्तै अतिरिक्त समयको ११८ औं मिनेटमा केभिन काम्पल दोहोरो पहेलो कार्ड खाएपछि लाइपजिग ९ खेलाडीमा समेटिएको थियो ।