बलिउडको चर्चित गीत 'बेबी डल’की गायिका कनिका कपुर विवाह बन्धनमा बाँधिएकी छन् ।
कनिकाले आफ्नो पुरानो प्रेमी गौतमसँग लन्डनमा विवाह गरेकी हुन् ।
कनिकाको विवाहको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
दुलहीले विवाहमा पिङ्क रङको लेहेङ्गा लगाएको तस्वीर सार्वजनिक भएको छ भने उनले सुनचाँदीका गहना पनि प्रशस्तै लगाएकी छन् ।
त्यस्तै दुलाहा गौतमले क्रिम रङको शेरवानी लगाएका छन् । दुवैको कपडा र ज्वेलरीसहितको विवाहको फोटो निकै आकर्षित देखिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।