जेठ ८, २०७९ आइतबार

बलिउडको    चर्चित  गीत   'बेबी डल’की   गायिका कनिका कपुर  विवाह बन्धनमा बाँधिएकी छन्  ।

कनिकाले  आफ्नो   पुरानो   प्रेमी  गौतमसँग लन्डनमा  विवाह  गरेकी हुन्   ।   

कनिकाको  विवाहको  तस्वीर    अहिले    सामाजिक   सञ्जालमा   भाइरल भइरहेको    छ  । 

दुलहीले    विवाहमा   पिङ्क   रङको  लेहेङ्गा लगाएको  तस्वीर  सार्वजनिक भएको  छ भने  उनले सुनचाँदीका  गहना  पनि  प्रशस्तै   लगाएकी छन्  ।

 त्यस्तै   दुलाहा  गौतमले   क्रिम  रङको   शेरवानी लगाएका छन्  ।  दुवैको   कपडा  र   ज्वेलरीसहितको  विवाहको   फोटो   निकै   आकर्षित  देखिएको   छ  । गोरखापत्र दैनिकमा खबर छ ।