जेठ ९, २०७९ सोमबार

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ७८ पैसा र बिक्री दर १२४ रुपैयाँ ३८ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ ७४ पैसा र बिक्री दर १३१ रुपैयाँ ३७ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५४ रुपैयाँ ५८ पैसा र बिक्री दर १५५ रुपैयाँ ३३ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२६ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १२७ रुपैयाँ ५४ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०७ पैसा र बिक्री दर ८७ रुपैयाँ ४९ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८८ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ६८ पैसा र बिक्री दर ९ रुपैयाँ ७३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४९ पैसा र बिक्री दर १८ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ र बिक्री दर ३३ रुपैयाँ १६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ७९ पैसा र बिक्री दर ३३ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७१ पैसा र बिक्री दर ९ रुपैयाँ ७६ पैसा कायम भएको छ।