जेठ ९, २०७९ सोमबार

सप्तरीको रूपनी गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरूको विजय उत्सव मनाउन सोमबार सार्वजनिक बिदा दिएको छ। नवनिर्वाचित पदाधिकारीले पदको शपथ ग्रहण खाएका छैनन्। गाउँपालिका कार्यालयले नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा गाउँपालिकाभर नै सार्वजनिक बिदा दिइएको जनाएको छ।