जेठ ९, २०७९ सोमबार

नेपालमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार रहेकोमा आइतबार पनि रु ९७ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० रहेकामा आइतबार पनि प्रतितोला रु ९६ हजार ८०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहँदै आइतबारको मूल्य अनुसार कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो ।

सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ८५४ दशमलव २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।