जेठ ९, २०७९ सोमबार

नेपालमार्ग, कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नेपाल-भारत सीमानाका ३ दिन बन्द हुने जनाएको छ । यसै जेष्ठ १७ गते (तद्अनुसार ३१ मई, २०२२) मा भारत, उत्तराखण्डको चम्पावत विधान सभा - क्षेत्र – ५५ को उपनिर्वाचन हुने भएकाले ३ दिन सीमानाका बन्द रहने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।


जेष्ठ १४ गते बेलुकी ५:०० बजेदेखि ऐ. जेष्ठ १७ गते बेलुकी ५:०० बजे सम्म गड्डाचौकीलगायत भारतको चम्पावत जिल्लासँग सीमा जोडिएका क्षेत्रहरूको सीमा नाकाहरू बन्द हुने सूचनामा उल्लेख छ । उक्त अवधिमा स्वास्थ्य उपचारलगायत अन्य अत्यावश्यक सेवाका लागि भने अनुमति लिएर ओहोरदोहोर गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बताएका छन् ।