जेठ ९, २०७९ सोमबार

यू–१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी नियुक्त भएकी छिन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार कृतिकालाई कप्तान नियुक्त गरिएको जनाएको छ ।

आईसीसी यू–१९ महिला विश्वकप छनोटअघि क्यानले कृतिकालाई कप्तान चयन गरेको हो । मलेसियामा आयोजना हुने छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् ।
छनोट आगामी जुन ४ बाट सुरु हुनेछ ।