जेठ ९, २०७९ सोमबार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नवलपुरको कावासोती नगरपालिकाको इन्द्रचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले कावासोती शाखाको संयुत्त उद्घाटन गरे ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत, दिपेश प्रधानलगायतको उपस्थिति रहेको थियो । बैंकको कुल शाखा संख्या १३७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम रहेको छ ।

त्यस्तै २०७८ चैत्रमसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड रूपैयाँ निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड रूपैयाँ कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३।५९ प्रतिशतले बढी हो ।