चैत १४, २०७७ शनिबार

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।

कलंकीस्थित मेघा पार्टी प्यालेसमा बैठक बसिरहेको हो।हिजो देखि सुरु भएको बैठकमा खासगरी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कसरी प्रस्तुत हुने र पार्टी एकता कसरी बचाउने भन्नेमा सदस्यहरु केन्द्रीत भएका छन्।

बैठकमा सामेल एक सदस्यका अनुसार ओलीले फागुन २८ गते गरेका निर्णय खारेज नभएसम्म उनीसँग सहमति हुन सक्दैन। ओलीले नेपाल र भीम रावललाई कारवाही गर्ने तयारी गरेका बेला त्यसबाट कसरी बच्ने भन्नेमा पनि बैठक केन्द्रीत भएको ती सदस्यले बताए। शुक्रबार यो बैठकले ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भए पनि आफ्ना अडानहरु कायमै राख्ने निर्णय लिएको थियो। ओली र नेपालबीचको झगडाले नेकपा एमाले विभाजनको संघारमा छ।