जेठ १०, २०७९ मंगलबार

मलामी

यो शरीर माटामा मिलुन्जेलसम्म

यस जमीनलाई आगाले पोलुन्जेलसम्म

यी सबका बीचमा..........

त्यस आगो र जमीनबीचमा
केही दाउरा राखिदिनू

सजाइदिनू-
सिन्दुरले एक शरीर

र राखिदिनू
ती दाउराका बीचमा

र बगाइदिनू
केही थोपा आँसु तप्पतप्प

जब त्यो शरीर जलेर शरीर रहँदैन

तब मात्र तिमी मलामी कहलिन्छौ ।


✍️ लोकराज जोशी