जेठ १०, २०७९ मंगलबार

काठमाडौं । ज्ञानेन्द्र ढुंगाना नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । बैंकका वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल अबको केही दिनभित्रै सकिँदै छ ।

त्यससँगै रिक्त पदका लागि पूर्वतयारी गर्दै बैंकले उक्त जिम्मेवारीमा ढुंगानालाई ल्याउन लागेको हो । ढुंगानाले आउँदो -असार १७ गतेबाट नबिलको सीईओको रुपमा पदबहाली गर्नेछन् ।