एजेन्सी –भारतिय शहर चेन्नाईमा हिजो बेलुका सम्पन्न चौधौं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सन सकिएको छ। सो अक्सनबाट दक्षिण अफ्रिकी पुर्व क्रिकेटर क्रिस मोरिस(१६ करोड २५ लाख) आईपिएल ईतिहासकै सर्वाधिक मुल्यमा राजस्तान रोयल्समा अनुबन्ध हुदा ठुला ठुला नाम गरेका(आरोन फिन्च,जेसन रोय,एलेक्स हेल्स लगायतका) खेलाडीले अक्सनमा बिक्ने अवसर पाएनन्। स्टिभ स्मिथ तथा डेभिड मलानले कम रकम पाउनुलाई आश्चर्यका रुपमा लिईएको छ ।
नेपालको तर्फबाट सहभागी एक मात्र क्रिकेटर सन्दिप लामिछाने लगायतका अन्य दुई एसोसिएट मुलुकका क्रिकेटर पनि कुनै टोलीको नजरमा पर्न सकेनन्।
बैंग्लोरले १० करोड माथीका दुई क्रिकेटर आफ्नो टोलीमा अनुबन्ध गर्दा १० करोड माथी बिक्ने चारै क्रिकेटर विदेशी पर्न गए। २९२ खेलाडी अक्सनमा उपलब्ध भएकामा ५७ खेलाडी बिक्री भए।
१० करोड माथि मुल्यमा बिक्रि भएका ४ क्रिकेटरहरु यसप्रकारका छन्:
१)क्रिस मोरिस

दक्षिण अफ्रिकी तिव्र गतिका बलर तथा ब्याट्सम्यान मोरिसको आईपिएल ईतिहास हेर्ने हो भने ठुलो रकमका साथ यिनि बिक्नु नियमित जस्तै रहेकोमा यस सिजनको अक्सनमा आईपिएल ईतिहासकै सर्वाधिक महंगा क्रिकेटर बनि यिनले नया ईतिहास कायम गरेका छन् । यिनलाई आईपिएल टोली राजस्तान रोयल्सले १६ करोड २५ लाखमा टिममा अनुबन्ध गरेको छ।
२) कायल जेमिन्सन

न्युजिल्याण्डका यि अलराउन्डर पछिल्लो समयमा न्युजिल्याण्डको क्रिकेटमा तहल्का मच्चाउने क्रममा आईपिएलबाट सर्वाधिक मुल्य लिने न्युजिल्याण्डका क्रिकेटर समेत बनेका छन् ।यिनि रोयल च्यालेन्जर्स बैंग्लोरमा १५ करोड भारुमा अनुबन्ध भएका हुन् ।
३)ग्लेन म्याक्सवेल

आईपिएल मार्फत करोडौको मुल्य लिनु म्याक्सवेलका लागि पुरानो बिषय रहेको सन्दर्भमा बैग्लोरले १४ करोड २५ लाख भारुमा यिनलाई आउने सिजनका लागि टिममा अनुबन्ध गरेको छ ।गत सिजनमा राम्रो प्रदर्शन नरहेतापनि बैंग्लोरको उनी प्रतिको विश्वासमा ग्लेन कस्तो रुपमा उत्रनेछन्।त्यो त भविष्यमा नै थाहा होला।
४)जाय रिचर्डसन

भर्खरै सकिएको बिग बास लिगमा सर्वाधिक विकेटकर्ताको सुचीमा शिर्ष स्थानमा रहेका पर्थ स्केचर्सका अस्ट्रेलियन तिव्र गतिका बलर रिचर्डसनको यो पहिलो आईपिएल सिजन हो। १४ करोड भारुमा पन्जाब किंग्समा जोडिएका रिचर्डसनबाट टिमले ठुलो अपेक्षा स्वभाविक रुपमा राखेको छ ।