जेठ १०, २०७९ मंगलबार

काठमाडौँ । अमेरिकी डलरको भाउ आज घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ७३ पैसा र बिक्री दर १२४ रुपैयाँ ३३ पैसा कायम गरेको छ। सोमबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ७८ पैसा र बिक्री दर १२४ रुपैयाँ ३८ पैसा रहेको थियो।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ १३ पैसा र बिक्री दर १३२ रुपैयाँ ७७ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५५ रुपैयाँ ८८ पैसा र बिक्री दर १५६ रुपैयाँ ६३ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर १२८ रुपैयाँ ६३ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १२ पैसा र बिक्री दर ८८ रुपैयाँ ५५ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ३० पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७५ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६१ पैसा र बिक्री दर १८ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ९८ र बिक्री दर ३३ रुपैयाँ १४ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९१ पैसा र बिक्री दर ३४ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८१ पैसा र बिक्री दर ९ रुपैयाँ ८६ पैसा कायम भएको छ।