जेठ १०, २०७९ मंगलबार

सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ५०० रुपैयाँ कायम छ । यता, मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ कायम रहेको छ ।