जेठ १०, २०७९ मंगलबार

काठमाडौँ । उदयपुरको त्रियुुगा नगरपालिकाको मतगणना आज बिहान १०ः३० बजेदेखि सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरपालिकाको वडा नं १२ को मतदान केन्द्रमा हावाहुरी चलेर स्थागित भएको मतदानको विषयमा विवाद भएको थियो।

लगत्तै उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले जेठ १ गते निर्वाचनको काम नसकिँदै राजीनामा दिएपछि नगरपालिकाको मतगणना थप अन्योल भएको थियो । तर निर्वाचन आयोगले रोकिएको मतगणना कार्य सुचारु गर्न भनेपछि गणना हुने भएको हो ।