जेठ १०, २०७९ मंगलबार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो क्वालिफायर्स आजराति हुँदैछ । जसमा लिग चरणको शिर्ष स्थानमा रहेको गुजरात टाइटन्स र राजस्थान रोयल्सबिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने आठबाट सुरु हुनेछ । 

कोलकाताको इडेन गार्डेनमा हुने खेलमा गुजरातले पहिलो पटक क्वालिफायर्स खेल्न लागेको हो । यसै सिजनबाट आईपीएलमा भित्रिएको गुजराजले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । उसले १४ खेलमा १० मा जित र चारमा हार ब्यहोरेको थियो । 

बलिङमा यहि सिजनमा राजस्थानमा अनुबन्ध भएका युज्भेन्द्र चाहलले १५ विकेट लिएका छन । आजको विजेताले फाइनलमा स्थान बनाउनेछन भने हार्ने टिमले दोस्रो क्वालिफायर्समा लखनउ र बैंग्लोरबिचको विजेतासँग खेल्नेछ ।