जेठ १०, २०७९ मंगलबार

काठमाडौँ — आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि संघीय संसद्अन्तर्गतको अर्थ समितिले सरकारी कर्मचारी र जनप्रतिनिधिले प्रयोग गर्ने पोशाक नेपाली उत्पादन हुनुपर्ने सुझाव सरकारलाई दिएको छ । सबै राष्ट्रसेवक कर्मचारीले प्रयोग गर्ने पोशाक अनिवार्य रूपमा नेपाली उत्पादन हुनुपर्ने गरी पोशाक भत्ताको व्यवस्था गरिनुपर्ने माग गरिएको छ ।

कार्यालयमा प्रयोग गरिने सामान पनि सम्भव भएसम्म नेपालमा उत्पादित वस्तुको हुनुपर्ने सुझाव दिइएको छ । सरकारी कार्यालयमा प्रयोग गरिने फर्निचर नेपाली काठको प्रयोग गरी नेपालै फर्निचर उद्योगबाट उत्पादित भएको हुनुपर्ने व्यवस्था गरिनुपर्ने पनि सभापति दाहालले बताए ।

आगामी बजेटले प्राथमिकता दिनुपर्ने क्षेत्रबारे अर्थ समितिले सुझाव तथा सिफारिस तयार पारी सरकारलाई बुझाएको हो ।