जेठ १०, २०७९ मंगलबार

नेपालगंजको भेरी अस्पताल यसवर्ष पनि केन्द्रीय अस्पतालहरुमा उत्कृष्ट बन्न सफल भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको केन्द्रीय अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा यो वर्ष पनि भेरी अस्पताल उत्कृष्ट  भएको हो।

अघिल्लो मुल्यांकनमा ६१ प्रतिशत अंकसहित संघीय अस्पतालहरुमा प्रथम स्थानमा पुगेको भेरी अस्पतालले यस वर्ष पनि ६७ प्रतिशत अंकसहित प्रथम स्थान कायम राख्न सफल भएको छ। 

यस स्थानमा पुग्न सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई भेरी अस्पताल व्यवस्थापनले धन्यवाद दिएको छ।