जेठ १०, २०७९ मंगलबार

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार बढेको छ। मंगलबार सेयर बजार १६.३२ अंकले बढेर २ हजार २१७.१९ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको ३१ लाख ७३० कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ८ करोड ८८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा एनआइसीएसियाको प्रमोटर सेयर अग्रस्थानमा रहेको छ। यस कम्पनीको ४ करोड ८४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय ९४ रुपैयाँ ७० पैसा कायम भएको छ। त्यसपछि क्रमश : अपर तामाकोशी हाइड्रोपावर र अरुण काबेली हाइड्रोपावरको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ११ वटा उपसुचक बढेको छ भने २ वटा उपसुचक घटेको छ। आजको कारोबारमा लक्ष्मी लघुवित्त वित्तीय संस्था र प्रभु अपर तामाकोशी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले अधिक गुमाएका छन्।