जेठ १०, २०७९ मंगलबार

काठमाडौँ । बानेश्वर चोकमा ‘गाँजालाई वैध बनाउनुपर्छ’ भनेर प्रदर्शन गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा संसद् भवनमा जाँदै गर्दा उनीहरूले प्रदर्शन गरेका थिए ।

गाँजा उत्पादन र सेवन वैध बनाउनुपर्ने माग गर्दै युवाहरूले प्रधानमन्त्रीको कारगेड छेकेर प्रदर्शन गरेका हुन् । प्रहरीले उनीहरूलाई पक्राउ गरेर प्रहरी वृत्त बानेश्वरमा राखेको छ । उनीहरूले गाँजा खान पाउनुपर्ने जिकिर गरेका छन् ।