जेठ १०, २०७९ मंगलबार

कञ्चनपुर । छिमेकी बालिकामाथि यौन दुर्व्यवहार गरेर जिल्लाको भीमदत्त नगरपालिका–२ का ३४ वर्षीय दिनेश मालीले मङ्गलबार आत्महत्या गरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनले छिमेकी ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको स्थानीले देखेका थिए । दुर्व्यवहारपछि बालिका घाइते भएकी छिन् । उनलाई अस्पताल लगिएको छ । स्थानीयले देखेपछि माली भागेको र घरभित्र झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।