बुधवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
यस दिन सुन प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलवार यस्तो सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।