हिमालयन बैंक लिमिटेडको २५ लाख कित्ताबराबरको बण्ड जारी गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरको २ अर्ब पचास करोड रकम बराबरको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ जारी गर्न लागेको हो। त्यसका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५०% प्रतिशत रहेको छ ।
उक्त सम्झौता पत्रमा हिमालयन बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकसम्शेर ज.ब.रा. र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहको स्वीकृतिपश्चात निष्कासन गरिने बैंकले जनाएको छ।