चैत १५, २०७७ आइतबार

वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानै देखि प्रभावित बनेको छ। 
प्रदुषणका कारण बाक्लो तुवालो लागेकाले उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल प्रभावित भएको हो। 

विमानस्थल टावर कन्ट्रोलले दिएको जानकारीअनुसार उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल पूरै बन्दजस्तै छ।

आइतबार बिहानैदेखि कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलले जानकारी दिएको छ। 
शुक्रबार दिउँसो उपत्यकामा एक्कासी धुलो र धुँवासहितको बाक्लो प्रदूषण देखिएको थियो। त्यसै कारण भिजिबिलिटी कम हुँदा विमानस्थल केही समयका लागि बन्द गरिएको थियो।