जेठ १३, २०७९ शुक्रबार

आजदेखि काठमाडौंमा 'सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता' सुरु हुँदै छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रतियोगिताको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्नेछन् । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र भुटानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फको जुनियर तथा क्याडेट इभेन्टसमा -२५, -३०, ३३, ३५, ४०, ४५ र पुरुषकै सिनियरतर्फ -५०, -५५, -६०, ६७ -७५, -८४, ८४ किलोका साथै एकल काता र महिलातर्फ जुनियर तथा क्याडेट -२५, -३०, -३३, -३५, -४०, -४५ किलो र महिलाकै सिनियरतर्फ -५०, -५५, -६१, ६७, ६८ किलो तौल समूह गरी कुल २६ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्रबहादुर खपाङ्गीले जानकारी दिए।

नेपाल कराते महासंघको तत्वाधन तथा राष्ट्रिय खेलकुद परिषदको विशेष सहयोगमा नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रमअनुसार, शाखा डोजो नक्सालको २३औं वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।