जेठ १४, २०७९ शनिबार

साविक च्याम्पियन नोभाक जोकोभिच एक सेट पनि नगुमाई फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन्। त्यस्तै स्पेनिस टेनिस स्टार राफेल नाडालले पनि चौथो चरणमा स्थान बनाए।

३४ वर्षीय सर्वियन जोकोभिचले स्लोभानियाका अल्जाजबेडेनेलाई ६–३, ६–३ र ६–२ को सोझो सेटमा पाखा लगाउँदै दाबेदारी कायम राखे। त्यस्तै स्पेनिस स्टार नाडालले डच खेलाडी बोटिक भान डी जन्ड्सचुल्पलाई हराउँदै चौथो चरणमा स्थान बनाए। कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले बोटिचलाई ६–३,६–२ र ६–४ को सेटमा पाखा लगाएका थिए।

क्ले कोर्टका बादसाह मानिने ३५ वर्षीय नाडाल फ्रेन्च ओपनमा कीर्तिमानी विजेता हुन्। नाडालले १३ पटक फ्रेन्च ओपन जितेका छन्। यस्तै विश्व नम्बर १ नोभाक जोकोभिक पनि यो पटक उपाधि दाबेदारीमा अब्बल मानिएको छ। सम्भवतः यी दुईबीच क्वार्टरफाइनलमा नै भिडन्त हुने सम्भावना बलियो छ।