जेठ १४, २०७९ शनिबार

वीरगञ्ज - रोटर्याक्ट क्लव अफ यूनाइटेड वीरगञ्जले पूर्णता पाएको छ । वर्ष २०२२ / २३ का लागि अध्यक्ष चयन भएकी अभिषेक सर्राफले क्लवलाई पूर्णता दिएका छन ।

क्लवको उपाध्यक्षमा पीयूष अग्रवाल, सचिवमा सौरभ वर्णवाल, कोषाध्यक्षमा विक्की प्रजापति, सहसचिवमा संदीप कुशवाहा चयन भएका छन् । क्लबलाई अझै सशक्त ढंगले अघि बढाउने आगामी वर्षका अध्यक्षले बताए ।

सन् २०१९ मा स्थापना भएको क्लबले स्थापनादेखि नै पर्सा जिल्लाका विभिन्न स्थानमा सामाजिक काममा सक्रिय हुँदै आएकाे छ ।