आज मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेपछि संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने भएका छन् ।
आर्थिक वर्ष ०७९/०८० का लागि सरकारले आन्तरिक उत्पादनमा जोड दिने गरी बजेट ल्याउन लागेको छ।
राष्ट्रिय योजना आयोगले १७ खर्ब, ४५ अर्बको बजेट सीमा निर्धारण गरेको छ। यस सीमाभित्रै रहेर बजेट ल्याउने सरकारको तयारी छ।