जेठ १५, २०७९ आइतबार

आइतबार बिहान पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको तारा एयरको सम्पर्कबिहीन '9N एइटी' जहाजमा १९ जना यात्रु थिए । तीमध्ये २ जना तेस्रो मुलुकका, ४ जना भारतीय र १३ जना नेपाली रहेको बताइएको छ ।

जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। चालक दलमा अरू २ जना सदस्य रहेका छन् ।

विमान १० बजेर १५ मिनेटमा अवतरण हुनुपर्ने थियो। तर मुस्ताङको आकाशमा प्रवेश गरिसकेपछि जहाज सम्पर्कबिहीन भएको छ । जहाजको खोजीकार्य भइरहेको छ।