जेठ १५, २०७९ आइतबार

सम्पर्कबिहीन भएको तारा एयरको विमान खोज्न जोमसोमबाट फिस्टेल एयरको हेलिकोप्टर टुकुचे र धौलागिरी क्षेत्रमा पठाइएको पोखरा नागरिक उड्डययन कार्यालयले जनाएको छ ।

कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कबिहीन भएको छ । जोमसोम आकाशमा उडेको देखिएको जहाज धौलागिरि हिमालतर्फ फर्किएको र त्यसपछि सम्पर्कमा आएको छैन ।