चैत १५, २०७७ आइतबार

आजदेखि काठमाडौंका घर घरमा मेलम्चीको पानी बितरणको थालनी गरिँदैछ । चुच्चेपाटीस्थित महांकाल वितरण केन्द्रमा मेलम्चीबाट सुन्दरीजल हुँदै आइपुगेको पानी जम्मा गर्ने काम भइरहेको छ । दिउँसो २ बजेबाट पानी घर घरमा वितरण गर्ने तयारी भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

पानी वितरण गर्ने तयारी स्वरुप यतिबेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री, खानेपानी मन्त्री, सचिव लगायतका पदाधिकारी बैठक बसिरहेका छन् ।
उपत्यकामा रहेको पानी वितरणको पुरानै नेटवर्कमार्फत पानी वितरण गर्ने तयारी गरिएको छ ।आजको पानी वितरण सफल भएपछि मेलम्चीबाट दैनिक १७ करोड पानी काठमाडौमा नियमित रुपमा बितरण थालिनेछ ।