जेठ १६, २०७९ सोमबार

यातायात व्यवस्था विभागले नयाँ सवारी चालक अनुमति पत्र लिन लागि अहिलेसम्म दिएको सबै अनलाइन आवेदन रद्द गरेको छ । 

विभागले सोमवार सूचना प्रकाशन गरेर यसअघिको सबै आवेदन रद्द गरेको बताएको हो । 

अब सवारी चालक अनुमति पत्र लिनका लागि नयाँ आवेदन फारम भर्नुपर्ने भएको छ । 

विभागले प्रकाशन गरेको सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमति पत्र ९नयाँ तथा वर्ग थप० गर्नका लागि हालसम्म परेको अनलाइन आवेदनहरू आजदेखि रद्द गरी जेठ १६ गते सोमवार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली शुरू हुने भएकाले नयाँ सवारी चालक अनुमतिपत्र प्राप्त गर्नको लागि नयाँ आवेदन फारम भर्नुहुन...